The Embassy of Nepal in Abu Dhabi has issued a strong clarification in response to recent false and misleading media reports attempting to defame its work. The Embassy reaffirmed its commitment to protecting the rights and welfare of Nepali workers in the UAE, emphasizing that all recruitment processes are carried out according to official standards set by the Government of Nepal. Despite limited resources, the Embassy provides daily services to over 700 individuals, handles emergency cases such as deaths and workplace issues, and regularly coordinates with local authorities for legal and humanitarian support. Community outreach programs, mobile consular services, and awareness campaigns have also been instrumental in supporting Nepalis across the UAE. The Embassy strongly condemned attempts to spread negativity and urged the community to stand together, promote facts, and appreciate the tireless efforts made in service of Nepali citizens abroad.
हालै केही मिडिया तथा यूट्युब च्यानलमार्फत यूएईस्थित नेपाली दूतावासलाई लक्षित गरी भ्रामक र आधारहीन आरोपहरू सार्वजनिक गरिएपछि दूतावासले त्यसप्रति स्पष्ट आपत्ति जनाउँदै एक विज्ञप्ति प्रकाशित गरेको छ।
उक्त विज्ञप्तिमा दूतावासले तथ्यको आधारमा स्पष्ट पारेको छ कि, यूएईका विभिन्न रोजगारदाता कम्पनीहरूसँग श्रमिक भर्ना प्रक्रिया नेपाल सरकारद्वारा तोकिएको मापदण्ड अनुसार नै अघि बढाइएको छ। साथै, श्रमिकको हितलाई केन्द्रमा राख्दै गरिएका कार्यहरूको सूक्ष्म विवरण सार्वजनिक गरिएको छ।
नेपाली दूतावासको उत्कृष्ट कार्यहरू
दैनिक ७००+ जनालाई प्रत्यक्ष सेवा
रोजगारी, पासपोर्ट, कानुनी परामर्श, सिफारिस पत्र, श्रमसम्बन्धी उजुरी आदिमा नेपालीहरूले प्रत्यक्ष रूपमा पाउने सेवा संख्या दैनिक ७०० भन्दा बढी रहेको छ। सीमित स्रोत–साधन र जनशक्तिका बीचमा दूतावासले यस कार्यभार कुशलतापूर्वक सम्हाल्दै आइरहेको छ।
दुर्घटना, मृत्यु, र आपतकालीन स्थितिमा तुरुन्त सहकार्य
जब कुनै नेपाली श्रमिकको दु:खद निधन वा गम्भीर स्वास्थ्य समस्या आउँछ, दूतावासको टिम सम्पूर्ण प्रक्रिया समन्वय गर्दै शब नेपाल पठाउने कार्यमा सहयोग पुर्याउने गरेको छ।
यस्ता संवेदनशील क्षणहरूमा परिवारको भावना बुझ्दै समयमै काम सम्पन्न गर्नु नै दूतावासको मानवीय मूल्य दर्शाउने उदाहरण हो।
श्रमिक अधिकार संरक्षणमा दृढ
कम्पनीहरूबाट आएका Demand Letter हरूलाई गहिरो अध्ययन गरेर मात्र सिफारिस गर्ने, न्यून तलबमा जबर्जस्ती पठाउने प्रवृत्तिविरुद्ध कडाइपूर्वक उभिनु, र श्रमिकको भविष्य सुरक्षित बनाउने काम दूतावासले प्रतिबद्धतापूर्वक गरिरहेको छ।
पासपोर्ट र कन्सुलर सेवाको पहुँच वृद्धि
यूएईका विभिन्न स्थानमा गएर दूतावासले Mobile Consular Service र विशेष सेवा क्याम्प आयोजना गर्दै आएको छ। यसले दुबई, अल ऐन, अजमन, शारजाह लगायतका क्षेत्रमा रहेका नेपालीहरूसम्म सेवा पुर्याएको छ।
सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमहरू
श्रम कानुन, पीआर प्रणाली, कम्पनी सम्झौता, बिमा सुविधा आदि विषयमा जनचेतनामूलक सेमिनार र Orientation कार्यक्रमहरू दूतावासले गर्दै आएको छ। हालै रास अल खैमाहमा गरिएको यस्तो कार्यक्रमको धेरै प्रशंसा गरिएको थियो।
गलत प्रचारको निन्दा गर्नुपर्ने बेला
दूतावासले प्रेस विज्ञप्तिमा उल्लेख गरेझैं, केही व्यक्तिहरूले तथ्य नबुझीकन, व्यक्तिगत रिसइवी वा लाइक र भ्युको लोभमा आधारहीन प्रचार गरिरहेका छन्, जसले सम्पूर्ण समुदायलाई भ्रमित बनाउने कार्य गर्छ।
हामीले बुझ्नुपर्छ — आलोचना गरौँ तर सत्यमा आधारित, समाधानमुखी, र सम्मानजनक रूपमा।
हाम्रो कर्तव्य: सकारात्मकता फैलाऔँ
आजको दिनमा विदेशमा रहेका नेपालीहरूले आफ्नो परिश्रम र श्रमको सम्मान पाउने वातावरण बनाउन दूतावास, श्रम सल्लाहकार, र कर्मचारीहरू निरन्तर खटिएका छन्।
हामी समुदायका सदस्यहरूले पनि यस्तो सेवाप्रति सम्मान र आभार प्रकट गर्न जान्नुपर्छ।
सन्देश: नेपाली दूतावास आलोचनामुक्त छैन — तर तथ्यको कदर गरौँ, सत्यको साथ दिऔँ।
राष्ट्रसेवकहरूलाई निराश होइन, उत्साहित बनाऔँ।
गलत प्रचार होइन, सहकार्य गरौँ।

