खाडीमुलुक युएइका विभिन्न शहरहरुमा जागिर खोज्ने बहानामा दर्जनौ नेपाली युबाहरु अलपत्र परको घटना हरु दिनानुदिन बढ्दै गईरहेको पाइएको छ । बिशेष गरि भिजिट भिसामा यसरि धेरै नेपाली हरु युएइमा जागिर खोज्न आउने गरेका छन् । छोटो अवधि रहने भिजिट भिजामा आएर जागिर पाउन सकिन्छ भन्ने कुनै ग्यारेन्टी भने हुदैन तथापी यहाँ प्रस्तुत गरिएको बुदा हरुलाई प्रयोगमा ल्याउने हो भने जागिर पाउने सम्भावना बढ्नसक्छ।
- धेरैजसो युएइमा आएर अलपत्र पर्ने हरुमा नेपाल बाट दलाल हरुले भिजिट भिजामा युएई लगेर काममा लगाईदिने प्रलोभनमा परेर आएका युवाहरु पर्ने गर्दछन तसर्थ सकेसम्म युएइमा जागिर खान लाइ भिजिट भिजामा नआएकै राम्रो किनभने यो एउटा अबैधानिक तरिका हो र यसरि आउदा काम नपाएर अलपत्र पर्ने निश्चित हुन्छ तसर्थ कुनै सरकारी मान्यता प्राप्त मेनपावर कम्पनि बाट सिधै इम्प्लोइमेन्ट भिजामा आउनु उपयुक्त हुन्छ ।
- युएई आउनु भन्दा पहिले यहाको बस्तुस्थिति तथा जानकारी हासिल गर्न जरुरि हुन्छ । लगभग ८३ % कामदार बाहिरि मुलुकका रहेको युएईमा जागिरको लागि धेरै प्रतिस्पर्धा हुने गर्दछ किनभने यहा रहेका हरेक कम्पनि हरुले सर्बप्रथम यहाका स्थानीयहरुलाई पहिलो प्रथामिकता दिने र त्यस पछी यूरोपियन देशका नागरिकहरु अनि अन्य अरबिक देशहरुका नागरिक हरुलाई प्राथमिकता दिने गर्दछन । त्यसैले आफु कुन क्षेत्रमा निपूर्ण छु र कुन काम आफ्नो योग्यता अनुसार ठिक छ भन्ने जानकारी हुन जरुरि हुन्छ । त्यसका लागि युएइमा कस्ता खालका कामदारहरुको माग छ भनेर बिभिन्न जव पोर्टल हरुमा हेर्नु पर्ने हुन्छ ।
- यदि भिजिट भिजामा युएई गएर काम खोज्ने निर्णय गरि सक्नु भएको छ भने यो त्यति सजिलो अवस्य छैन जति तपाईंले सोची रहनु भएको छ तसर्थ युएई आउनु भन्दा १/२ महिना पहिले देखि युएमा रहेका जब पोर्टल हरुमा रजिस्टर गरेर आफ्नो बायोडाटा पेस गर्नुहोस जसले गर्दा युएइमा आइपुगे पछी लाग्ने समयको बचत हुनेछ । कुनै पनि जागिरको लागि एउटा राम्रो बायोडाटा (CV) हुन जरुरि छ तर्सथ आफ्नो सम्पूर्ण अनुभबलाइ समाबेस गरेको प्रोफेसनल बायोडाटा र कभर लेटर बनाउन आवस्यक हुन्छ साथै Linkedin एउटा प्रोफेसनल सामाजिक संजाल भएको र यसै बाट धेरै कम्पनि हरुले कामदार चयन गर्ने हुनाले यसमा आफ्नो प्रोफाइल बनाउदा उपयोगी हुन्छ।
- युएईका लागि धेरै जब पोर्टलहरु रहेता पनि विश्वसनीय र भरपर्दा केहि निम्न रहेका छन ।
माथि उल्लेखित पोर्टलहरुका अलावा धेरै कामदार हरुको माग हुने कम्पनि हरुमा Al Shaya, Dubai Duty Free, Emirates Airline, Majid Al Futtaim आदि पर्दछन। त्यस्तै जाबेल अलि फ्री जोन, रस अल खैमाहा फ्री ट्रेड जोन, दुबई फाइनान्सियल सेन्टर, सारजाह इन्डस्ट्रियल एरिया जस्ता ठाउहरुमा गएर त्यहाँ रहेका विभिन्न कम्पनि हरुमा सिधै बायोडाटा पेस गर्न सकिन्छ ।
- “मास्टर्स पढी सकेर युएई गएको केहि भनेजस्तो जागिर पाउन सकिन र नेपाल फर्केर आए” यस्ता अभिव्यक्ति हरु आजकल धेरै सुन्न पाइन्छ यसको मुख्य कारण धेरै तलबको आशा राखेर युएई आउनु पनि हो । युएइमा अनुभब नभएका कामदार हरुलाई इन्ट्री लेभलको मात्र काम पाउने गरेको छ तथापी ब्यबसाईक शिक्षा हासिल गरेर प्राविधिक क्षेत्रमा काम गरेका लाइ काम पाउन सजिलो हुन्छ। यसर्थ युएइमा आएर एकै चोटी धेरै तलब पाउने जागिर मात्र गर्छु भन्नु भन्दा पनि अनुभबको लागि थोरै तलबको भए पनि काम गरेर निश्चित समय पछि अर्को काम खोज्नु उचित हुन्छ ।
- यदि तपाइँ एक महिनाको भिजामा युएई आउदै हुनु हुन्छ भने आफुसग १००० देखि २००० दिराम सम्म साथमा लिएर आउनु पर्ने हुन्छ किनभने बस्ने, खाने र अन्य खर्चको लागि यति रकम जरुरि हुन्छ । सेयारिंग बेड स्पेसमा बस्नको लागि करिब ५०० जति लाग्छ। त्यस्तै यातायातको लागि पब्लिक बस, मेट्रो र ट्याक्सी को सुबिधा रहेकोछ। इन्टरभिउको लागि जानु परेमा आफु जानु पर्ने ठाउको बारेमा गुगुलमा राम्ररी अध्यन गरेर त्यहि अनुसार बस र मेट्रोको रुटको बारेमा जानकारी लिएर गए थोरै पैसा लाग्ने र समयमै पुग्न सकिन्छ ।
- युएइमा पैसा लिएर जागिर लगाई दिन्छु भन्ने हरुको संख्या धेरै छ तर थोरै मात्र विश्वसनीय रहेको पाएको छ । त्यसैले पैसा दिनु भन्दा पहिला राम्ररी बुझेर मात्र दिनु होला सके सम्म आफुले काम पाएपछि मात्र पैसा दिने सम्झौता गर्नु बेस हुन्छ ।
युएईमा काम गरि रहेको र काम परिवर्तन गर्न चाहनेले सर्बप्रथम एउटा प्रोफेसनल बायोडाटा (cv) बनाउन जरुरि हुन्छ जसमा आफुले काम गर्दै गरेको कम्पनिको विवरण तथा कामको बारेमा उल्लेख गरेको हुनुपर्छ र यहाँ स्थित जब पोर्टल हरुमा पेस गरेर या सिधै कम्पनि हरुका अफिसमा गएर पेस गर्न सकिन्छ ।
अन्त्यमा युएईमा धेरै अवसर हरु रहेता पनि काम पाउनको लागि ठुलो प्रतिस्प्रधा हुने गर्दछ तसर्थ आफु कुन क्षेत्रमा निपुर्ण छु भन्ने कुराको ख्याल गरेर त्यहि अनुसारले काम खोजेमा अवस्य सफल बन्न सकिन्छ ।

One thought on “Job Search Tips for Nepalese in the UAE – युएईमा जागिर खोज्ने तरिका”